नेपाली बजारमा सुनको मूल्य बढ्यो
थानकोट ।
नेपाली बजारमा आज आइतबार सुनको मूल्य सामान्य बढेको छ ।
आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाल सुनको मूल्य तोलाको एक लाख ७० हजार ३ सय रुपैयाँ कायम छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ७० हजार रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घढेको छ । यसदिन चाँदी प्रतितोला एक हजार ९ सय ७० रुपैयाँमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।














