बीमा प्राधिकरणको अध्यक्षमा ओझा नियुक्त
थानकोट ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा ओझालाई नियुक्त गरेको हो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले अन्तिम छनौटमा परेका पाँच जनामध्ये ओझा, रामशरण पुडासैनी र दामोदर बस्यौलाको नाम सिफारिस गरेको थियो ।
आवेदन दिएका १२ जनामध्ये ओझा, पुडासैनी, बस्यौला, कमलप्रसाद रेग्मी र चिरञ्जीवी चापागाईं अन्तिम छनौटमा परेका थिए ।
ओझा पत्रकारिता पृष्ठभूमीका हुन् ।














