काष्ठमण्डप सितोरियो कराँते प्रतियोगिताः धनबहादुर खेलकुद प्रतिष्ठानका ३ खेलाडीलाई स्वर्ण पदक

Thankot Times

थानकोट ।

नेपाल सितोरियो कराँते डो संघ, लैनचौर शाखा डोजोको आयोजनामा सम्पन्न भएको बागमती प्रदेश काष्ठमण्डप सितोरियो कराँते प्रतियोगितामा चन्द्रागिरि नगरपालिका-१० सतुङ्गल बोसिगाउँस्थित धन बहादुर स्पोर्ट्स एकेडेमीका तीन जना खेलाडीले स्वर्णपदक हात पारेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार सम्पन्न प्रतियोगितामा धनबहादुर स्पोर्ट्स एकेडेमीका सिपोरा बिसंखे, राकेश मानन्धर र सुमिना लामाले स्वर्ण पदक प्राप्त गरेका हुन् ।

प्रतियोगितामा पुरुष तर्फ ९ र महिलातर्फ ८ गरी १७ स्पर्धामा ८ सय २९ खेलाडीको सहभागिता रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *