मन्दिर सफा गर्न पानी बोकेको काठमाडाैं महानगरको ट्यांकर सिफल उकालोमा भासिएपछि…..
थानकोट ।
पानी बोकेर हिँडेको काठमाडौँ महानगरपालिकाको पानी टयाङ्कर सिफल उकालो सडक किनारामा भासिएपछि सो क्षेत्रमा यातायात केही बेर अस्तव्यस्त बनेको छ ।
सोमबार दिउँसो भण्डारेश्वर मन्दिर सफा गर्न महानगरपालिकाले ट्याङकरमा पानी लगेको थियो ।
तर पानी बोकेको ट्याङकर सिफलस्थित उकालोमा सडक किनारामै भासिन पुगेको थियो ।
भासिएको ट्यांकर केही समयपछि थप जनशक्ति मगाएर निकालिएको थियो ।

















