जान्नुहोस् आज दिनभरको माैसम पूर्वानुमान
थानकोट ।
शनिबार दिउँसो भएको हल्का वर्षापछि अहिले बिहान चन्द्रागिरि नगर क्षेत्रमा चिसो केही बढेको छ । यस क्षेत्रको आकाश अहिले आंशिक बदली रहेको छ ।
हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।














