नेपाली बजारमा आज सुनचाँदीको भाउ कति छ ?
थानकोट।
कारोबार हुने साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ अघिल्लो कारोबार दिन (शुक्रबार) कै बराबार कायम भएको छ ।
महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्यपनि स्थिर रहेको छ।
यसदिन चाँदीको मूल्य तोलाको १ हजार ९ सय १५ रुपैयाँ कायम गरिएको छ ।














