माझी समुदायलाई आज बिदा

Thankot Times

थानकोट ।

लदि पूजाको अवसरमा आज मकवानपुरको माझी समुदायलाई बिदा दिइएको छ ।

बागमती प्रदेश सरकारले माझी समुदायका लागि बिदा दिएको जनाएको छ ।

मकवानपुरको बकैया र बागमती गाउँपालिकाले पनि लदी पर्वका अवसरमा स्थानीय बिदा घोषणा गरेका छन् ।

फागुन महिनाको तेस्रो मंगलबार मनाइने यो पर्वमा पहिलो पटक यो वर्ष विशेष कार्यक्रम र शुभकामना आदान प्रदान गरिँदै छ ।

नेपालमा माझी समुदायको संख्या एक लाख ११ हजार ३५२ देखिन्छ । माझी भाषा बोल्ने झण्डै ३३ हजार छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *