इन्द्रसरोवर गाउँपालिकामा आज शोक बिदा
थानकोट ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा आज शोक बिदा दिइएको छ ।
कार्यालयमा कार्यरत कर्मचारी ध्रब कुमार अधिकारीको निधन भएको शोकमा गाउँपालिकाले आज बिदा दिएको हो ।
जसअनुसार आज गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरू र स्वास्थ्य चाैकीहरू बन्द रहने गाउँपालिकाद्धारा जारी सूचनामा उल्लेख छ।
।

















