काठमाडाैंमा इभी बसमा आगलागी
थानकोट ।
काठमाडाैंको धुम्बाराहीमा इभी (इलेक्ट्रिक भेइकल) बसमा आगलागी भएको छ ।
चक्रपथ परिक्रमा रुटमा चल्ने बसमा बुधबार आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।
प्रदेश-३-०५-००५ ख ९६९३ नम्बरको बसमा आगलागी भएको हो ।
आगलागीको जानकारी पाउनसाथ प्रहरीले बसको आगो तत्कालै नियन्त्रणमा लिएको थियो ।
बसमा रातिमा चार्ज गर्ने क्रममा आगलागी भएको हो ।
त्यसैले कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

















