आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य कति छ ?
थानकोट ।
नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ घटेर एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बिहीबार सुन प्रतितोला एक लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदी प्रतितोला एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बिहीबारको तुलनामा शुक्रबार चाँदीको भाउ प्रतितोला पाँच रुपैयाँ बढेर कारोबार भइरहेको हो ।














