सतुङ्गल तथा मातातिर्थ वरपरका क्षेत्रमा भोलि शनिबार विद्युत सेवा अवरुद्ध हुने
थानकोट ।
नेपाल विद्युत प्राधिकरणले भोलि शनिबार सतुङ्गल तथा मातातिर्थ वरपरको क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।
प्राधिकरणको बलम्बु उप-वितरण केन्द्रको मातातिर्थ फिडर अन्तर्गतका मातातिर्थ क्षेत्रमा तथा सतुङ्गल फिडर अन्तर्गतका कन्चन गेट, बोसिगाउँ, सतुङ्गल चोक लगायतका क्षेत्रमा बिहान ११ बजेबाट अपरान्ह ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ ।
सो क्षेत्रमा कन्डक्टर स्तरोन्नतिको कार्य गर्न बिजुली सेवा प्रभावित हुन लागेको प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ ।












