अन्तर्राष्ट्रिय महिला दिवसः नेकपा एमाले चन्द्रागिरि नगर कमिटिले वक्तृत्वकला आयोजना गर्दै
थानकोट ।
‘सबै महिला तथा बालिकाको लागि: अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइदैछ ।
दिवसका अवसरमा नेकपा एमाले चन्द्रागिरि नगर कमिटिले वक्तृत्वकला आयोजना गर्दैछ ।
गुर्जुधारास्थित सो पार्टीको कार्यालयमा मध्यान्ह १२ बजेबाट सुरु हुने कार्यक्रम दिउँसो २ बजेसम्म जारी रहने नेकपा एमाले चन्द्रागिरि नगर कमिटि अध्यक्ष उत्तम बहादुर राउतले जानकारी दिए ।
अन्तर वडा पार्टी कमिटि वक्तृत्वकलाको शीर्षक नेतृत्व माथिको प्रहार र हाम्रो दायित्व राखिएको अध्यक्ष राउतको भनाइ छ ।

















