ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

Thankot Times

थानकोट ।

ट्रकको ठक्करबाट भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु भएको छ।

भक्तपुरबाट काठमाडौं आइरहेको बा ३१ प ४४४ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ०३-००१ ख १८८४ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

ठक्करबाट भक्तपुर नगरपालिका-६ बस्ने ३६ वर्षीय श्यामकृष्ण कायस्थको मृत्यु भएको हो।

उनको उपचारको क्रममा इन्टरनेशनल अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

ट्रक चालक ४७ वर्षीय चन्द्रलाल शाक्यलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई ठिमी वृत्तले पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *