यसवर्षको एसइईमा चन्द्रागिरि नगरका ५४ विद्यालयबाट २२७९ परीक्षार्थी सहभागी हुँदै
थानकोट ।
अगामी चैत ७ गतेदेखि सञ्चालन हुने यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चन्द्रागिरि नगरपालिका क्षेत्रका दुई हजार २७९ जना परीक्षार्थी सहभागी हुने भएका छन् ।
नगर क्षेत्रमा सञ्चालनमा रहेका ५६वटा सामुदायिक तथा संस्थागत विद्यालयका सो संख्याका विद्यार्थी चैत्र १९ गतेसम्म जारी रहने परीक्षामा सहभागी हुने भएका हुन् ।
चन्द्रागिरि नगरको शिक्षा, युवा तथा खेलकुद शाखाका अनुसार सो परीक्षामा नगर क्षेत्रका एक हजार एक सय ८९ जना छात्र तथा एक हजार ९० जना छात्रा सहभागी हुनेछन् । शाखाका अनुसार १७ सामुदायिक विद्यालय, १ वैकल्पिक विद्यालय, १ परम्पारगत विद्यालय र ३७ संस्थागत विद्यालयका विद्यार्थी उक्त परीक्षामा सामेल हुने भएका हुन् ।
यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालनका लागि चन्द्रागिरि नगर क्षेत्रमा पाँच वटा परीक्षा केन्द्र निर्धारण गरिएका छन् । जसमा विद्यामन्दिर मावि पुरानो नैकाप, विष्णुदेवी शिक्षा सदन मावि सतुङ्गल, रिब्स मावि महादेवस्थान, प्रभात मावि महादेवस्थान र मंगलोदय मावि थानकोट रहेका छन् ।
गतवर्ष पनि यी पाँच विद्यालयमा एसइई परीक्षा केन्द्र तोकिएका थिए । चन्द्रागिरि नगर क्षेत्रका केही विद्यालयको परीक्षा केन्द्र भने छिमेककी स्थानीय तहका विद्यालयमा तोकिएको छ ।
यसपटक एसइई परीक्षामा चन्द्रागिरि नगरपालिका क्षेत्रबाट सबैभन्दा धेरै परीक्षार्थी चन्द्रागिरि नमुना वैकल्पिक विद्यालयबाट सहभागी हुँदैछन् । जहाँका १८१ जना विद्यार्थीले सो परीक्षामा सामेल हुँदा यसपटक एसइई परीक्षामा चन्द्रागिरि नगरमा माउण्ट भ्याली स्कुलका तीन जना विद्यार्थी पनि सोही परीक्षामा सहभागी हुँदैछन् ।
चन्द्रागिरि नगरका कुन विद्यालयका कति परिक्षार्थी यसपटक एसइई परीक्षामा सहभागी हुँदैछन् ? सूची हेराैं (वर्णानुक्रम अनुसार)
-
- एम्ब्रोसिया आइडियल सेकण्डरी स्कूलः २१ छात्रा र २९ छात्र,
- एप्रोच इङ्गलिस बोर्डिङ स्कूलः २ छात्रा र ८ छात्र,
- बलम्बु माविः ५६ छात्रा र ३४ छात्र,
- बालतारा प्रतिष्ठान (लिटिल स्टार्स एकेडेमी): १७ छात्रा र १७ छात्र,
- बेसिक लर्निङ इङ्गलिस सेकन्डरी स्कूलः २४ छात्रा र २३ छात्र,
- भैरवनाथ माविः ४ छात्रा र ३ छात्र,
- भीम माविः २१ छात्रा र १८ छात्र,
- विष्णुदेवी माविः २५ छात्रा र १४ छात्र,
- विष्णुदेवी शिक्षा सदन माविः ४० छात्रा र ३१ छात्र,
- ब्राइट एन्जल्स स्कूलः १० छात्रा र २६ छात्र,
- ब्राइट फ्युचर माविः ६० छात्रा र ७६ छात्र,
- ब्राइट होराइजन चिल्ड्रेन होम स्कूलः १४ छात्रा र ५ छात्र,
- चण्डी भैरव माविः १ छात्रा र १४ छात्र,
- चण्डिकादेवी माविः १७ छात्रा र १० छात्र,
- चुनदेवी माविः १९ छात्रा र २० छात्र,
- एभर भिजन इंग्लिस बोर्डिङ स्कूलः १९ छात्रा र १० छात्र,
- गोल्डेन फ्लावर गार्डेन स्कूलः ८ छात्रा र ९ छात्र,
- ज्ञानसुधार एकेडेमीः ३ छात्रा र १२ छात्र,
- हाई न्यू भिजन एकेडेमीः १२ छात्रा र १० छात्र,
- जन विकास माविः २९ छात्रा र २७ छात्र,
- जनकल्याण माविः १२ छात्रा र १८ छात्र,
- जेसिज इन्टरनेशनल बोर्डिङ स्कूलः १० छात्रा र २८ छात्र,
- कंकाली माविः ३९ छात्रा र ३६ छात्र,
- मंगल माविः १२ छात्रा र १५ छात्र,
- मंगलोदय माविः ८१ छात्रा र ४२ छात्र,
- मोडेल स्कूलः २२ छात्रा र ३१ छात्र,
- मदरल्यान्ड माविः ८ छात्रा र ११ छात्र,
- माउन्ट चन्द्रागिरि इङ्गलिस स्कूलः २६ छात्रा र २९ छात्र,
- माउन्ट सगरमाथा ब्रिलियन्स एकेडेमीः १३ छात्रा र १४ छात्र,
- माउन्ट भ्याली स्कूलः २ छात्रा र १ छात्र,
- नारायणजन माविः ११ छात्रा र १३ छात्र,
- न्यू डायमण्ड एकेडेमीः ११ छात्रा र ६ छात्र,
- न्यू होराइजन एकेडेमीः ३६ छात्रा र २१ छात्र,
- ङ्यग्युर मेमोरियल स्कूलः ८ छात्रा र १२ छात्र,
- नोबल भिलेज इङ्गलिस बोर्डिङ स्कूलः ९ छात्रा र ११ छात्र,
- ओराकल रे एकेडेमीः १४ छात्रा र २५ छात्र,
- प्याराडाइज रिडर्स एकेडेमीः १४ छात्रा र १७ छात्र,
- पथिक ज्ञान निकेतन इङ्लिस बोर्डिङ स्कूलः ४ छात्रा र ४ छात्र,
- प्रभात माविः ४१ छात्रा र ३२ छात्र,
- प्रनिधी इङ्गलिस बोर्डिङ स्कूलः २ छात्रा र ९ छात्र,
- प्राइम इङ्गलिस स्कूलः ९ छात्रा र १२ छात्र,
- रिब्स मावि ३७ छात्रा र २३ छात्र,
- ऋचा सह-शिक्षा सदन माविः २० छात्रा र २१ छात्र
- समृद्धि लर्निङ एकेडेमीः ५ छात्रा र १३ छात्र,
- सप्तऋषि ज्ञानपिठः २ छात्रा र ५ छात्र,
- चन्द्रगिरि नमूना वैकिल्पक विद्यालयः ६९ छात्रा र ११२ छात्र,
- श्रीकृष्ण माविः २४ छात्रा र १७ छात्र,
- सुन्दरवन स्कूल अफ साइन्सः ५ छात्रा र १२ छात्र,
- सनसाइन स्कूलः १४ छात्रा र ३२ छात्र,
- सुप्रिम मोडल स्कूलः १० छात्रा र १६ छात्र,
- थानकोट इङ्गलिस स्कूलः १५ छात्रा र १९ छात्र,
- विद्यामन्दिर माविः २७ छात्रा र २२ छात्र,
- विद्याश्री एकेडेमीः ५ छात्रा र ८ छात्र,
- वेस्ट प्वाइन्ट हाइस्कूलः४३ छात्रा र ७६ छात्र
फाइल फोटो












