मध्यरातमा चन्द्रागिरिमा आत्मदाहको प्रयास गरेका युवाका परिवारले दिए प्रहरीमा जाहेरी
थानकोट ।
बुधबार मध्यरातमा आत्मदाहको प्रयास गरेका चन्द्रागिरिका एक युवाका परिवारले प्रहरीमा जाहेरी दिएका छन् ।
चन्द्रागिरि नगरपालिका-०५ थानकोट चेकपोष्ट निवासी उत्तम कार्कीले आत्मदाह प्रयास गरेको घटनामा उनका परिवारले प्रहरीमा जाहेरी दिएका हुन् ।
सो घटना अनुसन्धान गरेर आत्मदाह गर्न बाध्य पार्ने व्यक्तिलाई कारबाही गर्न परिवारले माग गरेका छन् ।
कार्कीले आत्मदाह प्रयास गरेको विषयको जाहेरीका सन्दर्भमा आवश्यक प्रक्रिया भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहरा जानकारी दिए ।
कार्की हाल कीर्तिपुरस्थित जलन अस्पतालमा उपचाररत छन् ।
मध्यरातमा फेसबुक लाइभ गर्दै थानकोट चेकपोष्टमा एक युवाले आफैंलाई आगो लगाए












