टाेखामा घरकाे ढाेका फुटाएर धनमाल चाेरी

Thankot Times

थानकोट ।

काठमाडौँको टोखा नगरपालिका–८ बानियाँटारबाट करिब १ लाख ९९ हजारको सुनका गहना र नगद चोरी भएको छ ।

टोखा नगरपालिका–८ स्थित ३७ वर्षीया सावित्राकुमारी कँडेलको डेराबाट ल्यापटप, मोबाइल, सुन र नगद चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

पर्साको सखुवा प्रसौनी घर भएकी कँडेलको डेराबाट बुधबार दिउँसो चोरी भएको हो ।

चोरीमा संलग्न आरोपीलाई प्रहरीले खोजी गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *