यस्तो छ आज आइतबार दिनभरको माैसम पूर्वानुमान

Thankot Times

थानकोट ।

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो र राति कोसी प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।।

मधेस प्रदेशमा दिउँसो र राति आंशिक बदली रही मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

त्यस्तै बागमती प्रदेशका हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पनि आइतबार हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

कर्णली प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *