आजको माैसम पूर्वानुमान

Thankot Times

थानकोट ।

देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । केही स्थानमा हावाहुरीको सम्भावना पनि रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज सुदूरपश्चिम कोसी, कर्णाली र गण्डकी प्रदेशका केही भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।

“सुदूरपश्चिम कोसी, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना रहेको छ,” मौसमविद् सरोज पुडासैनीले भने ।

काठमाडौं उपत्यकामा भने आज वर्षाको सम्भावना छैन । सामान्य बदली रहे पनि काठमाडौंमा आज वर्षा नहुने उनले जानकारी दिए ।

देशका केही भूभागमा आज हावाहुरीको पनि सम्भावना रहेको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको मौसमविद् पुडासैनीले भने ।

“कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ,” मौसमविद् पुडासैनीले भने, “अपराह्नपछि यी प्रदेशमा हावाहुरीको सम्भावना रहेको छ ।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *