नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
थानकोट ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय, सानेपमा उक्त बैठक बस्ने कार्यवहाक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिए ।
उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहनेछ ।
कार्यसम्पादन समितिको बैठकमा समसायिक राजनीतिक घटनाक्रम, सरकारको कामकारवाहीको समीक्षा र पार्टीको भावी रणनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ ।
गत मंगलबार सभापति शेरबहादुर देउवाको नीजि निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको थियो ।













