सुनको भाउमा सामान्य गिरावट

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको भाउमा आज शुक्रबार अघिल्लो कारोबार दिनको तुलनामा ८ सय रुपैयाँले गिरावट आएको छ ।

यसदिन सुनको भाउ तोलामा आठ सय रुपैयाँका दरले घट्दा बजारमा ताेलाकाे १ लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो बिहीबार सुनको भाउ ताेलाकाे एक लाख ९० हजार ६ सय रुपैयाँ कायम भएकाे थियाे । जुन नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो ।

आज चाँदीको भाउमा कुनै घटबढ भएको छैन् ।

यसदिन चाँदीको भाउ अघिल्लो कारोबार दिनकै झैं प्रति तोला १ हजार नौ सय ६० रुपैयाँ कायम छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *