सुनचाँदीको मूल्य स्थिर

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य स्थिर छ ।

पछिल्लो कारोबार दिन गत शुक्रबार कायम मूल्यमा नै आज सुन कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

आज बजारमा छापावाल सुनको मूल्य तोलाको एक लाख ८९ हजार ८ सय रुपैयाँ कायम छ ।

चाँदी प्रतितोला एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन गत शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *