उपप्रधानमन्त्री सिंह र यूएईका उपप्रधानमन्त्री शेख अब्दुल्लाहबिच भेट
थानकोट ।
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह र संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाहयानसँग आज शिष्टाचार भेटवार्ता भएको छ ।
बुधबार सिंहदरबारमा सिंह र शेख अब्दुल्लाहबिच भेट भएको हो।
भेटमा नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी पनि सहभागी छन्।
परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाहयान दुई दिने भ्रमणका क्रममा काठमाडौं आएका छन् । उनले बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालाई पनि भेट्दै छन्।













