डा. सिके राउत मातातिर्थ कुण्ड क्षेत्रमा

Thankot Times

थानकोट ।

जनमत पार्टीका अध्यक्ष एवं सांसद् डा. सिके राउतले चन्द्रागिरि नगरपालिका-०६ महादेवस्थानस्थित मातातिर्थमा शनिबार साँझ आयोजित आरती अवलोकन गरेका छन् ।

परिवारका केहि सदस्यसहित मातातिर्थ आइपुगेका डा. राउतले आमाहरूको योगदान अतुलनीय हुने भएकोले उहाँहरूको सम्मान सबैले गर्नुपर्ने धारणा राखे ।

आरती अवलोकनका लागि सांसद् यमुनादेवी श्रेष्ठ, विन्दु श्रेष्ठ, चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरूलगायत हजाराैं श्रद्धालुहरू मातातिर्थ कुण्ड पुगेका थिए ।

भोलि यहाँ मातातिर्थ औंसी मेला लाग्दैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *