चन्द्रागिरि नगर अस्पतालमा गर्भवती तथा पाठेघरको मुखको क्यान्सरको स्क्रीनिङ शिविर सम्पन्न

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर प्राथमिक अस्पताल थानकोटमा गर्भवती तथा पाठेघरको मुखको क्यान्सरको स्क्रीनिङ सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

रुद्र बहादुर स्मृति प्रतिष्ठानको आयोजना तथा नगर अस्पतालको सहजीकरण र दक्षिण कोरियाली संस्था बेटर वर्ल्डका स्वयंसेवक प्रतिनिधिहरूको उपस्थितिमा सञ्चालित सो स्वास्थ्य शिविरमा चन्द्रागिरि नगरका २ सय २३ जना महिलाहरूले गर्भवती तथा पाठेघर मुखको क्यान्सरको स्क्रीनिङ सम्बन्धी स्वास्थ जाँच गराएको अस्पतालले जनाएको छ ।

शनिबार सञ्चालित सो स्वास्थ्य शिविरमा ६ जना सुत्केरी, ४६ जना गर्भवती, १७१ जना स्त्री रोग र ९३ जना महिला पाठेघर सम्बन्धी (भि.आई.ए) चेकजाँचबाट लाभान्वित भएका  अस्पतालका प्रशासन प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।जसमध्ये पाँच जनामा पाठेघर सम्बन्धी रोगको प्रारम्भिक संकेत (भि.आई.ए पोजेटिभ) पहिचान भएको छ।

शिविरका क्रममा नगरप्रमुख घनश्याम गिरी, नगरप्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गी लगायतले गर्भवति महिलाहरूका लागि पोषण प्याकेट हस्तान्तरण गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *