सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँ घट्यो
थानकोट ।
नेपाली बजारमा सोमबार सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा तोलामा १ हजार ४ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ३ सय रुपैयाँ कायम भएको हो ।
आइतबार सुनको मूल्य प्रति तोला १ लाख ८९ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै, सोमबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ ।
आइतबार तोलामा १ हजार ९ सय ९० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९ सय ७० रुपैयाँ कायम भएको छ ।













