सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर
थानकोट ।
नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।
अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ८८ हजार ८ सय रुपैयाँ कायम छ ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ८८ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो ।
मंगलबार चाँदीको मूल्य भने स्थिर छ ।
चाँदीको मूल्य यस दिन तोलाको एक हजार ९ सय ७० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।













