सुन चाँदीको मूल्यमा गिरावट

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ ।

मंगलबार (हिजो) एक लाख ८८ हजार ८०० रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन आज ७०० रुपैयाँले घटेर एक लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ ।

आज चाँदी  १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *