कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि नै गराउने सहमति

Thankot Times

थानकोट ।

सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्तामा कक्षा १२ को परीक्षा आउँदो वैशाख २१ गतेदेखि नै गराउने सहमति भएको छ ।

बुधबार सिंहदरबारमा भएको वार्तामा शिक्षामन्त्री रघुजी पन्तसहित नेपाल महासंघका पदाधिकारीहरू सहभागी थिए ।

“सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्तामा कक्षा १२ को परीक्षा आउँदो वैशाख २१ गतेदेखि नै गराउने सहमति भएको छ,” शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने ।

असार १५ गतेसम्म शिक्षा ऐन जारी भइसक्ने डेटलाइन राखिएको उनले बताए । यही वैशाख ११ गतेदेखिलाई तोकिएको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनकै कारण सारिएको थियो ।

सरकार शिक्षकहरूले पेस गरेको नौ बुँदे प्रस्तावमा सहमतिमा पुगेको छ । सहमतिमा हस्ताक्षर हुन भने बाँकी छ ।

शिक्षकहरूले सातवटै प्रादेशिक अस्पताल र निजामती अस्पतालबाट सबै शिक्षक, कर्मचारीको सहुलियतमा उपचार गराउने व्यवस्था गर्नेलगायत माग राखेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *