सुनको भाउ ताेलामा ४ हजार ६ सय रुपैयाँ घट्याे

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ ।

सुन प्रतितोला चार हजार ६०० रुपैयाँ घटेर एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार छापावाल सुन प्रतितोला एक लाख ८८ हजार १०० रुपैयाँ कारोबार भएको थियो ।

आज चाँदी ५० रुपैयाँ घटेर एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बुधबार चाँदी एक हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *