चाैथो ब्राइट फ्युचर कप फुटसल प्रतियोगिता जेठ १५ बाट, विजेतालाई नगदसहित छात्रवृत्ति पुरस्कार
थानकोट ।
चाैथो संस्करणको एसइई कप फुटसल प्रतियोगिता जेठ १५ बाट सुरु हुने भएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नं. १४ नैकापस्थित ब्राइट फ्यूचर माविको आयोजनामा हुने प्रतियोगिता सोही विद्यालयको एरिनामा सञ्चालन हुनेछ । माध्यमिक शिक्षा परीक्षा दिएर बसेका विद्यार्थीहरूले सहभागिता जनाउन सक्ने यस

प्रतियोगिताका विजेता, उपविजेता तथा व्यक्तिगत विधामा सर्वोत्कृष्ठ हुने खेलाडीले नगद पुरस्कार तथा छात्रवृत्ति पाउने विद्यालयले जनाएको छ ।
प्रतियोगिताको विजेताले ३५ हजार रूपैयाँ तथा कक्षा ११ मा अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति पाउनेछन् ।
यस्तै, उपविजेताले २० हजार रूपैयाँ तथा कक्षा ११ मा अध्ययनका लागि ७५ प्रतिशत छात्रवृत्ति पाउनेछन् ।
व्यक्तिगत विधामा सर्वोत्तम घोषित हुनेले जनही बीस हजार रुपैयाँ हात पार्नेछन् ।
प्रतियोगितामा सहभागिताका लागि जेठ १२ गतेसम्म टिम दर्ता गर्नुपर्ने विद्यालयले जनाएको छ ।
गतवर्ष सञ्चालित तेस्रो संस्करणको प्रतियोगिताको उपाधि पश्चिमविन्दु माविले चुमेको थियो ।












