बजारमा सुनको मूल्य स्थिर रहँदा, चाँदीको मूल्य बढ्यो
थानकोट ।
नेपाली स्थानीय बजारमा सुनको मूल्य अघिल्लो दिनकै मूल्यमा कारोबार भइरहेको छ ।
आज शुक्रबार सुन प्रति तोला एक लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेर कारोबार भइरहेको छ ।
यसदिन चाँदीको भाउ प्रति तोला १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको हो ।













