नागढुङ्गा-पिपलामाेड सडक १० दिन राति ११ बजेबाट बिहान ३ बजेसम्म बन्द हुने
थानकोट ।
त्रिभुवन राजपथ अन्तर्गत नागढुंगा-पिपलामाेड सडक खण्ड १० दिन बन्द हुने भएको छ ।
बैशाख २२ गते सोमबारदेखि बैशाख ३१ गते बुधबारसम्म उक्त सडक खण्ड आंशिक रुपमा बन्द गरेर काम गर्न लागिएको हो ।
सो सडक खण्डको नागस्थान लगायतका स्थानमा असाेज दाेश्राे साता पहिराे झर्दा घण्टाै सडक अवरुद्ध बनेको थियाे ।
सडक निर्माण सुधार गर्नुपर्ने भएकोले राति ११ बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द रहने नागढुंगा–मुग्लिन सडक पूर्वी खण्ड योजनाले जनाएको छ ।
उक्त अवधिभर वैकल्पिक मार्गहरु प्रयोग गर्न सार्वजनिक सूचना गरेर योजनाले सबैमा जानकारी गराएछ ।
हाल सो सडकको १.८ किलोमिटरमा सडक सुधार गर्न लागिएको हो ।
सूचना हेराैंः













