निरन्तरको वर्षापछि गोदावरी मेयर कप अन्तर्गत आजका लागि निर्धारित खेल स्थगित
थानकोट ।
ललितपुरको गोदावरी नगरपालिकामा जारी दोश्रो गोदावरी मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत आइतबारका लागि तय गरिएको खेल स्थगित गरिएको छ।
प्रतियोगिता अन्तर्गत आज आइतबार समुह ए का ललितपुर महानगरपलिका र बागमती गाउँपालिकाबीच खेल हुने तालिका रहेको थियो तर निरन्तरको वर्षाका कारण मैदान हिलाम्मे भएपछि खेल स्थगित गर्ने निर्णय गरिएको गोदावरी नगरपालिकाले जनाएको छ ।
यो खेल मध्यान्ह १२ः१५ बजेबाट सुरु हुने पूर्वनिर्धारित तालिका थियो ।
आजका सम्पूर्ण खेलहरू वर्षाका कारण स्थगित गरिएको छ। स्थगित खेल सहित सम्पूर्ण खेल सम्बन्धी तालिक पछि जानकारी गराइनेछ । सम्पूर्ण खेलाडी र खेल प्रेमीहरुमा भएको असुविधाप्रति क्षमाप्रार्थी छौं। गोदावरी नगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि गृहमन्त्री रमेश लेखकले शनिबार प्रतियोगिताको उद्घाटन गरेका थिए । पहिलो खेलमा घरेलु टोली गोदावरी नगरपालिकाले महालक्ष्मी नगरको चुनाैती ६-१ ले पन्छाउँदै महत्वपूर्ण ३ अंक बटुलेको छ ।
प्रतियोगितामा चन्द्रागिरि नगरपालिकाले बैशाख २४ गते दिउँसो ३ः३० बजे कागेश्वरी मनोहरा नगरपालिकाको सामना गर्ने तालिका रहेको छ । यस्तै बैशाख २६ गते दिउँसो ३ः३० बजे दक्षिणकाली र चन्द्रागिरि नगरबीच खेल हुनेछ ।
ललितपुरमा गोदावरी मेयर कप शुरु, उद्घाटन खेलमा महालक्ष्मीको पोष्टमा गोदावरीको ६ गोल













