राज्यमन्त्री गर्बुजाले लिए शपथ
थानकोट ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्य मन्त्री खमबहादुर गर्बुजाले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटरमा आयोजित कार्यक्रममा राज्य मन्त्री गर्बुजाले शपथ लिएका हुन् ।
त्यस क्रममा उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, गृह मन्त्री रमेश लेखक, मन्त्रीहरू, नेपाल सरकारका उच्च अधिकारी उपस्थित रहेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा यही वैशाख १७ गते गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।













