चन्द्रागिरि नगरपालिका वडा नंं ०९ मच्छेगाउँबाट पनि राष्ट्रिय परिचय पत्र वितरण हुँदै
थानकोट ।
चन्द्रागिरि नगरपालिकामा राष्ट्रिय परिचय वितरण कार्य जारी छ ।
गत फागुन महिनाबाट चन्द्रागिरि नगरपालिकामा सुरु भएको परिचयपत्र वितरणको कार्य चन्द्रागिरि नगरपालिकाले वडा नं. ९ मच्छेगाउँमा बैशाख २३ गते मंगलबारबाट सुरु हुने बताइएको छ ।
राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएका र परिचयपत्र बनिसकेको सन्देश मोबाइलमा प्राप्त गरेका नगरबासीहरूले सम्बन्धित वडा कार्यालयबाट सो परिचय पत्र प्राप्त गर्न सक्ने चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।
जसअनुसार चन्द्रागिरि नगरपालिका वडा नं. ९ मच्छेगाँउबाट सो दिनदेखि राष्ट्रिय परिचय पत्र वितरण सुरु हुन लागेको हो ।
साबिक मच्छेगाउँ गाविस वडा नं. १ देखी ९ सम्म क्रमशः परिचय पत्र वितरण हुने वडाध्यक्ष अच्युत अधिकारीको भनाइ छ ।
सो वडामा आगामी जेठ १४ गतेसम्म राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने वडा कार्यालयको तयारी छ ।













