गोदावरी मेयर कप-२०८२ः ललितपुर महानगरको सहज जित, एकै खेलमा १० गोल
थानकोट ।
ललितपुरको गोदावरी नगरपालिकामा जारी उपत्यका व्यापी अन्तरपालिका मेयर कप २०८२ मा ललितपुर महानगरपालिकाले विजयी सुरुवात गरेको छ ।
सोमबार बिहान च्यासल फुटबल मैदानमा सम्पन्न समुह ए को खेलमा ललितपुर महानगपालिकाले बागमाती गाँउपालिकालाई ७-३ को गोल अन्तरले पराजित गर्यो । हिजो आइतबारका लागि तय भएको यो खेल निरन्तरको वर्षापछि स्थगित गरिएको थियो ।
प्रतियोगिताअन्तर्गत सोमबार नै मध्यान्ह १२ः१५ बजे समुहमा सी मा रहेका कागेश्वरी मनोहरा नगरपालिका र दक्षिणकाली नगरपालिकाबीच खेल हुनेछ । यो समुहमा चन्द्रागिरि नगर पनि समावेश छ ।
यस्तै, दिनको तेस्रो तथा अन्तिम खेलमा दिउँसो ३ः३० बजे चाँगुनारायण नगरपालिका र काठमाडाैं महानगरपालिकाबीच खेल हुनेछ ।
यी दुवै खेल गोदावरी नगरपालिका-१० झ्यालुङ्टार, टाहाखेलस्थित बहुउद्देश्यीय रंगशाला हुने तालिका रहेको छ । प्रतियोगिता यही शनिबारबाट सुरू भएको हो । पाँच लाख रुपैयाँ पुरस्कार राशी रहेको प्रतियोगितामा काठमाडाैं उपत्यकाका विभिन्न १३ स्थानीय तहले भाग लिएका छन्।













