महिला ट्वान्टी-२० विश्वकप क्वालिफायर्सको खेल तालिका सार्वजनिक
थानकोट ।
आईसीसी महिला ट्वान्टी-२० विश्वकप क्वालिफायर्समा नेपालले पहिलो खेलमा हङकङको सामना गर्ने भएको छ ।
एसियन क्वालिफायर्सको पहिलो खेलमा नेपालले हङकङको सामना गर्ने तय भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

आगामी मे ९ देखि २० सम्म थाइल्यान्डमा क्वालिफायर्सका खेल हुँदैछन् ।
क्वालिफायर्समा आयोजक टोली र नेपालसहित कुवेत, भुटान, मलेसिया, कतार, बहाराइन र यूएई गरी कुल ९ राष्ट्र छन् ।
ती टिमलाई तीन समूहमा विभाजन गरिएको छ ।
जसमा नेपाल समूह ‘सी’मा छ ।
तालिका अनुसार, नेपालले मे १० मा बहाराइनसँग, मे १३ मा पुनः हङकङसँग र मे १५ मा पुनः बहाराइनसँग खेल्नेछ ।
प्रतियोगिताबाट शीर्ष दुई टिम ग्लोबल क्वालिफायर्समा छनोट हुनेछन् ।













