एमाले काठमाडाैंद्वारा वडा ईन्चार्जको जिम्मेवारी हेरफेर, चन्द्रागिरिका केही वडामा नयाँ ईन्चार्ज
थानकोट ।
सत्तारूढ दल नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैशाख १५ मा बसेको बैठकले संगठनमा आन्तरिक पुनःसंरचना गर्दै विभिन्न जिल्लाका विभिन्न स्थानीय तहका वडामा इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ।
सो बैठकको निर्णय अनुसार काठमाडौं जिल्लाका ६९ वडामा नयाँ इन्चार्जहरू तोकिएको जिल्ला कमिटीले जानकारी दिएको छ।
पार्टीको सांगठानिक सुदृढीकरण र प्रभावकारी कार्यान्वयनका लागि गरिएको यस हेरफेरलाई आगामी राजनीतिक रणनीति र अभियानसँग पनि जोडिएको बताइएको छ।
चन्द्रागिरि नगरमा कसले कुन वडाको जिम्मेवारी पाए ?
एमाले काठमाडौं जिल्ला कमिटिले तोक्यो जिम्मेवारी, चन्द्रागिरिका नेतालाई कुन जिम्मेवारी ? (सूची)
चन्द्रागिरि वडा नं. १ को ईन्चार्जमा राजेन्द्र केसी तोकिएका छन् । उनी यसअघि पनि सोही जिम्मेवारीमा थिए ।
चन्द्रागिरि वडा नं. २ को ईन्चार्जमा अनन्तराज सिग्देल तोकिएका छन् ।
चन्द्रागिरि वडा नं. ३ को ईन्चार्जमा रन्जु खड्का तोकिएकी छन् । उनी यसअघि पनि सोही जिम्मेवारीमा थिइन् ।
चन्द्रागिरि वडा नं. ४ को ईन्चार्जमा विन्दु श्रेष्ठ तोकिएकी छन् ।
चन्द्रागिरि वडा नं. ५ को ईन्चार्जमा सन्जय सिग्देल तोकिएका छन् । उनी यसअघि पनि सोही जिम्मेवारीमा थिए ।
चन्द्रागिरि वडा नं. ६ को ईन्चार्जमा बसन्ती श्रेष्ठ तोकिएकी छन् ।
चन्द्रागिरि वडा नं. ७ को ईन्चार्जमा राजु श्रेष्ठ तोकिएका छन् । उनी यसअघि पनि सोही जिम्मेवारीमा थिए ।
चन्द्रागिरि वडा नं. ८ को ईन्चार्जमा जगदीश रिजाल तोकिएका छन् । उनी यसअघि पनि सोही जिम्मेवारीमा थिए ।
चन्द्रागिरि वडा नं. ९ को ईन्चार्जमा चण्डीका श्रेष्ठ तोकिएकी छन् ।
चन्द्रागिरि वडा नं. १० को ईन्चार्जमा बुद्धलक्ष्मी महर्जन तोकिएकी छन् ।
चन्द्रागिरि वडा नं. ११ को ईन्चार्जमा शिवकुमार महर्जन तोकिएका छन् । उनी यसअघि वडा नं. १० को ईन्चार्जको जिम्मेवारी थिए ।
चन्द्रागिरि वडा नं. १२ को ईन्चार्जमा लक्ष्मणकुमार तण्डुकार तोकिएका छन् । उनी यसअघि पनि सोही जिम्मेवारीमा थिए ।
चन्द्रागिरि वडा नं. १३ को ईन्चार्जमा चम्पा रोक्का अछामी तोकिएकी छन् । उनी यसअघि वडा नं. १४ को ईन्चार्जको जिम्मेवारीमा थिइन् ।
चन्द्रागिरि वडा नं. १४ को ईन्चार्जमा रञ्जु खड्का तोकिएका छन् । उनीले २ वटा वडाको जिम्मेवारी पाएकी हुन् ।
चन्द्रागिरि वडा नं. १५ को ईन्चार्जमा इन्द्र बहादुर महर्जन तोकिएका छन् । उनी यसअघि पनि सोही जिम्मेवारीमा थिए ।
नेकपा एमालेले काठमाडाैंका कुन वडामा कस-कसलाई कहाँ जिम्मेवारी दियो सूची हेर्नुहोस् ?














