भ्वाइस अफ नेपालका विजेता पाण्डेलाई क्लोज अपद्वारा एक लाख पुरस्कार

Thankot Times

थानकोट ।

क्लोज अपले ‘भ्वाइस अफ नेपाल सिजन ६ का विजेता’ प्रोशेष पाण्डेलाई एक लाख रूपैयाँ पुरस्कार प्रदान गरेको छ ।

सो पुरस्कार युनिलिभर नेपालका कानून प्रमुख तथा कम्पनी सचिव गोविन्द शाहीले प्रदान गरेका हुन् ।

यस वर्षको उत्कृष्ट चार प्रतिस्पर्धीमा रोशन राई, प्रोशेश पाण्डे, प्रमेश राई र अर्पणा आचार्य थिए ।

क्लोजअपले सधैं संगीत र आत्मविश्वासको आत्माको साथ आफूलाई जोड्दै आएको छ ।

“क्लोज अपले सधैं आत्म-अभिव्यक्ति र ताजगीको विश्वासमा अडिग रही मानिसहरूलाई एक-अर्कासँग नजिक ल्याउने प्रयास गर्दै आएको छ । भ्वाइस अफ नेपाल सिजन जस्तो प्लेटफर्मसँगको सहकार्यले हामीलाई नयाँ प्रतिभालाई उजागर गर्न र सम्पूर्ण दर्शकसँग जोडिन सघाएको छ,”  क्लोज अपका प्रतिनिधिले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *