सुनको मूल्य तोलामा ५ हजार ३ सय रुपैयाँले बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोलामा ५ हजार ३ सय रुपैयाँले बढेको छ ।

आज मंगलबार सुन प्रतितोला एक लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो कारोबार दिन हिजो सोमबार छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो ।

मंगलबार चाँदीको भाउ प्रतितोलामा ५५ रुपैयाँले बढेर एक हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सोमबार चाँदीको भाउ प्रतितोला एक हजार ९ सय १० रुपैयाँ कायम थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *