गोदावरी मेयर कप फुटबलः काठमाडाैं महानगर र दक्षिणकाली नगरको सहज जित
थानकोट ।
ललितपुरमा जारी गोदावरी उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल २०८२ खेलअन्तर्गत सोमबार भएका खेलमा डिफेन्डिङ च्याम्पियन काठमाडौँ महानगरपालिका र दक्षिणकाली नगरपालिका विजयी भएका छन् ।
समुह बी को खेलमा काठमाडाैं महानगरले चाँगुनारायण नगरपालिकालाई ५-० गोलले पराजित गरेको छ ।
समुह सी को खेलमा दक्षिणकाली नगरपालिकाले कागेश्वरी मनोहराको चुनाैती ५-०ले नै पन्छायो । यो समुहमा चन्द्रागिरि नगरपालिका समेत रहेको छ ।
प्रतियोगिता अन्तर्गत आज मंगलबार ललितपुरको कोन्ज्योसोम गाउँपालिका र काठमाडौँको तारकेश्वर नगरपालिकाबीच खेल हुँदैछ ।
पाँच लाख रुपैयाँ पुरस्कार राशी रहेको प्रतियोगितामा काठमाडाैं उपत्यकाका विभिन्न १३ स्थानीय तहले भाग लिएका छन्।
प्रतियोगितामा चन्द्रागिरि नगरपालिकाले बैशाख २४ गते दिउँसो ३ः३० बजे कागेश्वरी मनोहरा नगरपालिकाको सामना गर्ने तालिका रहेको छ । यस्तै बैशाख २६ गते दिउँसो ३ः३० बजे दक्षिणकाली र चन्द्रागिरि नगरबीच खेल हुनेछ ।
चन्द्रागिरि नगर प्रतियोगिताको साबिक उपविजेता हो ।













