आज बागमती प्रदेशमा सार्वजनिक बिदा, चन्द्रागिरिका अधिकांश संस्थागत विद्यालय खुला रहने

Thankot Times

थानकोट ।

आज बागमती प्रदेशमा सार्वजनिक बिदा रहेको छ।

प्रदेश सरकारको सरकारी कामकाजको भाषा सबन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्बजनिक बिदा दिने निर्णय भएको हो ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार गत चैत २१ गतेको निर्णय अनुसार आज सो सार्बजनिक बिदा दिइएको सो मन्त्रालयकी सुचना अधिकारी रबिता अधिकारीले जानकारी दिइन् ।

यता चन्द्रागिरि नगरले पनि आज बुधबार नगर क्षेत्रमा बागमती प्रदेशको निर्णयानुसार बिदा हुने जनाएको छ । नगर क्षेत्रका सामुदायिक विद्यालयहरूको पठन पाठन यसदिन बन्द रहँदा अधिकांश संस्थागत विद्यालयमा भने पठन पाठन जारी रहने सम्बन्धित विद्यालयहरूले जनाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *