बजारमा आज सुनको भाउ के कति छ ?
थानकोट ।
नेपाली बजारमा सुनको मूल्य एकै दिन एक हजार ७ सय रुपैयाँ बढेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुन प्रतितोला एक लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी मंगलबारकै मूल्यमा कारोबार भइरहेको छ । महासंघका अनुसार चाँदी प्रतितोला एक हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।













