बागमती प्रदेश सभाको बजेट अधिवेशन जेठ ५ गतेका लागि आह्वान गर्न सिफारिस

Thankot Times

थानकोट ।

बागमती प्रदेश सभाको सोह्रौँ अधिवेशन सरकारले आगामी पाँच जेठबाट सञ्चालन गर्ने तयारी भएको छ ।

हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सोह्रौँ अर्थात् बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा छन् ।

यसैगरी, सोह्रौँ अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । प्रदेश सरकारले आगामी आवको लागि बजेट निर्माणको तयारी गरिरहेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १४ वटा मन्त्रालयलाई गत ४ वैशाखमा ५५ अर्बको बजेट सिलिङ तोकेको थियो ।

बागमती प्रदेश सभाको पन्ध्रौँ अधिवेशन गत २० चैतमा अन्त्य भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *