यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
थानकोट ।
देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ ।
मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
हिमाली भू-भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
विभागले राति पहाडी भू-भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भू-भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
हाल देशमा पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।












