गोदावरी मेयर कप फुटबलः आज मध्यान्ह चन्द्रागिरि नगरले र कागेश्वरी मनोहराको सामना गर्ने

Thankot Times

थानकोट ।

गत बैशाख २० गतेबाट ललितपुरमा जारी दोश्रो गोदावरी मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत आज बिहीबार साबिक उपविजेता चन्द्रागिरि नगरपालिकाले पहिलो खेल खेल्दैछ । 

स्थानीय गोदावरी रंगशालामा मध्यान्ह १२ः१५ बजेबाट सुरु हुने समुह सीको खेलमा चन्द्रागिरि नगरपालिकाले कागेश्वरी मनोहरा नगरपालिकाको सामना गर्ने तालिका रहेको छ । 

यसअघि निर्धारित खेल तालिका वर्षाका कारण खेलहरू प्रभावित हुँदा अदल बदल भएपछि आजका लागि यी दुईबीच खेल हुन लागेको हो ।

समुहको विजेता सेमीफाइनलमा प्रवेश गर्ने समीकरण भएका कारण तथा समुह सी को पहिलो खेलमा दक्षिणकाली नगरपालिकाले कागेश्वरीमाथि ५-० गोलको एकतर्फी जित दर्ता गराएपछि कागेश्वरी र चन्द्रागिरि दुवै आज फराकिलो जित निकाल्ने प्रयासमा मैदान उत्रने छन् । आजको खेलमा फराकिलो जित निकाल्न नसके कागेश्वरी प्रतियोगिताबाट बाहिरिने छ । चन्द्रागिरिले समुह चरणको अन्तिम खेलमा दक्षिणकालीको सामना गर्नेछ ।

गोदावरी बहुउद्देश्यीय रंगशालामा हुने आज हुने दिनको पहिलो खेलमा बिहान ८ः१५ बजे काठमाडाैं महानगरपालिका र मध्यपुर थिमी नगरपालिकाबीच खेल हुनेछ । यस्तै, तेस्रो खेलमा आयोजक गोदावरी नगरपालिका र ललितपुर महानगरपालिकाबीच खेल हुनेछ । यो खेल अपरान्ह ३ः३० बजे हुनेछ ।

पाँच लाख रुपैयाँ पुरस्कार राशी रहेको प्रतियोगितामा काठमाडाैं उपत्यकाका विभिन्न १३ स्थानीय तहले भाग लिएका छन्। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *