गोदावरी मेयर कप फुटबलमा चन्द्रागिरि नगरको सानदार जित, कागेश्वरी मनोहरा ४-० ले पराजित

Thankot Times

थानकोट ।

जारी गोदावरी मेयर कप फुटबलमा साबिक उपविजेता चन्द्रागिरि नगरपालिकाले विजयी सुरुवात गरेको छ ।

बिहीबार दिउँसो सम्पन्न समुह सी को खेलमा कागेश्वरी मनोहरा नगरपालिकामाथि ४-० को जित निकाल्दै चन्द्रागिरि नगरपालिकाले महत्वपूर्ण ३ अंक हात पार्यो ।

प्रतियोगिताको सेमीफाइनल पुग्न अब समुह चरणको अन्तिम खेलमा चन्द्रागिरिले दक्षिणकाली नगरपालिकाको सामना गर्नेछ ।

लगातार दोश्रो हार व्यहोर्दै कागेश्वरी भने प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा कागेश्वरी दक्षिणकालीसँग ५-० ले पराजित भएको थियो ।

प्रतियोगिता अन्तर्गत बिहीबार नै सम्पन्न दिनको पहिलो खेलमा काठमाडाैं महानगरपालिका विजयी भयो । मध्यपुर थिमी नगरपालिकाविरुद्ध काठमाडाैं महानगर १-० ले विजयी भयो । सो नतिजासँगै समूह ‘बी’को विजेता बनेको काठमाडौं सेमिफाइनल प्रवेश गरेको छ ।

बिहीबार नै दिनको तेस्रो तथा अन्तिम खेलमा दिउँसो ३ः३० बजे आयोजक गोदावरी नगरपालिका र ललितपुर महानगरपालिकाबीच खेल हुनेछ ।

पाँच लाख रुपैयाँ पुरस्कार राशी रहेको प्रतियोगितामा काठमाडाैं उपत्यकाका विभिन्न १३ स्थानीय तहले भाग लिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *