खेलकुद पत्रकार मञ्चको अध्यक्षमा निरञ्जन अधिकारी निर्वाचित

Thankot Times

थानकोट।

नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा निरञ्जन अधिकारी निर्वाचित भएका छन् ।

बिहीबार सम्पन्न मञ्चको निर्वाचनमा प्रतिस्पर्धी प्रकाश तिमल्सिनालाई पराजित गर्दै अध्यक्षमा अधिकारी निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित अधिकारीले ४५ मत ल्याउँदै तिमल्सिना ३५ मतमा सिमित भए ।

प्रथम उपाध्यक्षमा प्रज्वल ओली, उपाध्यक्षद्वयमा गोविन्द रेग्मी र सञ्जिव शिल्पकार निर्विरोध निर्वाचित भए पनि महासचिवमा राजु घिसिङलाई पराजित गर्दै अञ्जन खड्का निर्वाचित भएका छन् ।

खड्काले ५१ मत प्राप्त गर्दा महासचिवका उम्मेदवार घिसिङले २९ मत पाए ।

यस्तै, सचिव पदमा अनिल मल्ल ठकुरी र कोषाध्यक्षमा मुना कार्की निर्विरोध निर्वाचित भएकी छन् भने सदस्यहरूमा अभिनव जोशी, कविरस शर्मा, रमेश सुवेदी र नमिता दाहाल निर्वाचित भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *