जान्नुहोस् आज शुक्रबार दिनभरको माैसम पूर्वानुमान

Thankot Times

थानकोट ।

देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ ।

पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहँदा केही स्थानमा वर्षाको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । 

बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । 

देशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भूभागका केही स्थानङमा हल्का वर्षा र हिमपातको सम्भावना छ । 

विभागले राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । 

कोसी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *