महिला टी-२० विश्वकप एशिया छनोट आजबाट, नेपालले हङकङको सामना गर्दै

Thankot Times

थानकोट ।

महिला टी-२० विश्वकप २०२६ को छनोट अन्तर्गतका खेलहरू आजबाट सुरु हुँदैछन् ।

थाइल्यान्डमा हुने एशिया छनोटमा नेपालसँगै आयोजक थाइलयान्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र यूएईको सहभागिता रहेको छ ।

नेपाल बहराइन र हङकङसँगै समूह ‘सी’ मा रहेको छ । समूह ‘ए’ मा भुटान, कुवेत र थाइल्यान्ड रहँदा समूह ‘बी’ मा मलेसिया, कतार र यूएई रहेका छन् ।

हरेक समूहका टोलीले एकआपसमा दुई पटक खेले पश्चात समूहको शीर्ष टोलीले सुपर थ्री मा स्थान बनाउनेछ । सुपर थ्री मा शीर्ष दुईमा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछन् ।

छनोटको पहिलो खेलमा नेपालले आज थाइल्यान्डको एशियन टेक्नोलोजी मैदानमा बिहान पौने ९ बजे हङकङसँग खेल्दैछ ।

टी-२० प्रतियोगिताको पछिल्लो पाँच भेटमा नेपालले हङकङलाई दुई खेलमा हराउँदा हङकङ पनि समान खेलमा नै विजयी भएको छ ।

एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *